global ime bank Long Banner Ad

गृहपृष्ठ सेवा प्रवाह व्यवस्थित बनाउन तुलसीपुर उपमहानगरले बनायो १५४ कानुन

सेवा प्रवाह व्यवस्थित बनाउन तुलसीपुर उपमहानगरले बनायो १५४ कानुन

सेवा प्रवाह व्यवस्थित बनाउन तुलसीपुर उपमहानगरले बनायो १५४ कानुन

दाङ, साउन २ — तुलसीपुर उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालनलाई कानुनसम्मत, व्यवस्थित र प्रभावकारी बनाउन हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरेको जनाएको छ।

उपमहानगरपालिकाको विधान समितिका संयोजक भीमबहादुर कुँवर योगीका अनुसार विसं २०७५ देखि २०८३ असारसम्म नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गर्दै ती कानुन निर्माण तथा पारित गरिएका हुन्।

योगीका अनुसार हालसम्म ८९ वटा कार्यविधि, ४१ वटा ऐन, पाँच वटा नियमावली, नौ वटा मापदण्ड, चार वटा निर्देशिका, तीन वटा कार्ययोजना तथा नीति, रणनीति र मार्गदर्शनतर्फ एक–एक वटा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ।

नगरको सेवा प्रवाहलाई व्यवस्थित, कानुनसम्मत र विश्वसनीय बनाउन आवश्यक कानुन निर्माण गरिएको योगीले बताए। विधान समितिले आवश्यक कानुनको पहिचान गर्ने, सरोकारवाला निकायसँग छलफल गर्ने, मस्यौदा तयार गर्ने तथा कार्यपालिका र नगरसभाबाट स्वीकृत गराउने प्रक्रिया निरन्तर अघि बढाउँदै आएको उनले उल्लेख गरे।

उनका अनुसार २०८२ सालमा ढुङ्गा दर्ता तथा व्यवस्थापन, पशु सेवा कार्यक्रम सञ्चालन, घरबहाल कर व्यवस्थापन तथा लागत साझेदारी आयोजना सञ्चालनसम्बन्धी कार्यविधि नगरसभाबाट पारित भएका छन्। उपभोक्ता समिति गठन तथा वारुणयन्त्र व्यवस्थापनसम्बन्धी कार्यविधि पनि कार्यान्वयनमा आइसकेका छन्।

स्थानीय सरकारको सेवा प्रवाहलाई थप छिटो र प्रभावकारी बनाउन आर्थिक सहायता, सञ्चार, दूध उत्पादनमा आधारित अनुदान, खेलकुद विकास तथा तुलसीपुर बहुउद्देश्यीय कम्प्लेक्स भवन सञ्चालनसम्बन्धी पाँच वटा कानुनको मस्यौदा तयार गरी छलफल भइरहेको योगीले जानकारी दिए।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु