गृहपृष्ठ नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान
नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ ।
नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटका लागि नेपाली टोली कतारबाटै मंसिर ३ गते युएई प्रस्थान गर्नेछन् ।
छनोट खेल भने आगामी मंसिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ । छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा यसअघि भइसकेको छ । नेपाली टोलीमा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई छन् ।
त्यस्तै सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ । उक्त प्रतियोगिताको तयारीस्वरुप नेपाली टोली यसअघि बंगलादेश गएको थियो । त्यहाँ नेपाली टोलीले बंगलादेशको स्थानीय टोलीसँग सिरिज पनि खेलेको थियो । महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले घरेलु टोली युएइसगैं भुटान, हङकङ, कुवेत र मलेसियासँग खेल्नेछ ।
प्रकाशित समय : २१:२३ बजे



















