global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफलः बिसं २०८३ असार ३२ गते बिहीबार

आजको राशिफलः बिसं २०८३ असार ३२ गते बिहीबार

आजको राशिफलः बिसं २०८३ असार ३२ गते बिहीबार

आज बिसं २०८३ असार ३२ गते बिहीबार, ई.सं. २०२६ जुलाई १६। ऋतु : ग्रीष्म | नेपाल संवत् ११४६ दिल्लाथ्व द्वितीया | असार शुक्ल द्वितीया | पञ्चाङ्ग : सिद्धि | करण : कौलव | नक्षत्र : अश्लेषा | योग : वज्र | चन्द्रमा कर्कट राशिमा तथा सूर्य मिथुन राशिमा रहेका छन्। अयन : उत्तरायण।

आज नेपालमा सूर्योदय बिहान ५ः१७ बजे र सूर्यास्त साँझ ७ः०० बजे हुनेछ।

महत्त्वपूर्ण कार्यका लागि घरबाट निस्कँदा दही खाएर यात्रा सुरु गर्नु शुभ मानिएको छ। शुभ कार्यको आरम्भ तथा यात्राका लागि बिहान ७ः१७ बजेदेखि ९ः२१ बजेसम्मको समय विशेष शुभ रहनेछ। यो समय नेपालको राष्ट्रिय समयअनुसार निर्धारण गरिएको हो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पद, प्रतिष्ठा र सामाजिक सम्मानमा वृद्धि हुने संकेत छ। आर्थिक अवस्था सुदृढ बनाउन अवसर प्राप्त हुनेछ भने पारिवारिक प्रतिष्ठा बढाउने कार्यमा सहभागी बन्न सक्नुहुन्छ। सहयोगीको अभावले दैनिक काममा केही ढिलाइ हुन सक्छ, तर पुराना बाँकी रकम उठ्ने वा हराएको धन फिर्ता पाउने सम्भावना छ। अनावश्यक चिन्ता र डरले मन अशान्त बनाउन सक्छ, त्यसैले आध्यात्मिक गतिविधि वा एकान्तमा समय बिताउनु लाभदायी हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिष्ठा प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने दिन छ। सोचविचारमा समय बित्ने र सामान्य विषयमा पनि विवाद वा बहस हुनसक्ने भएकाले वाणीमा संयम आवश्यक छ। कार्यालय वा परिवारमा आफ्ना कुरा नबुझिँदा मन खिन्न हुन सक्छ। रिस र आवेग नियन्त्रण गर्न सके सम्बन्ध बिग्रनबाट बच्न सकिन्छ। जीवनसाथीप्रति अनावश्यक शंका नगर्नु उचित हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक पक्ष सामान्य रहे पनि सुविधा बढाउने क्रममा खर्च बढ्न सक्छ। मनोरञ्जनमा बढी अल्झिँदा महत्त्वपूर्ण काम पछि पर्न सक्छ। जिम्मेवारीका कारण व्यक्तिगत इच्छा पूरा गर्न कठिन हुन सक्छ। तर मेहनत र लगनका साथ अघि बढे पद, प्रतिष्ठा र सम्पत्तिसम्बन्धी समस्या समाधान हुने सम्भावना छ। प्रशासनिक काम पनि सफल बन्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कामप्रति वरिष्ठ र सेवाग्राही दुवै सन्तुष्ट हुनेछन्। स्थायी सम्पत्तिमा लगानी गर्ने अवसर प्राप्त हुन सक्छ। पुराना साथी वा सहकर्मीसँगको भेटले मन प्रसन्न हुनेछ। सकारात्मक सोचले सम्बन्ध सुदृढ बनाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने र मेहनतको उचित प्रतिफल मिल्ने दिन छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुख–सुविधा र विलासिताप्रति आकर्षण बढ्नेछ। विद्यार्थीले अध्ययनमा ध्यान दिए राम्रो उपलब्धि हात पार्न सक्छन्। घुमफिर, मनोरञ्जन तथा जीवनसाथीसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। नयाँ काम सुरु गर्ने सोच बन्नेछ भने आत्मविश्वास बढ्दा प्रतिस्पर्धी कमजोर देखिनेछन्। परिवारका लागि पनि समय छुट्याउनु आवश्यक हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कामदार र व्यवस्थापनबीच राम्रो समन्वय कायम हुनेछ। नयाँ प्रविधिको प्रयोगबाट लाभ मिल्ने सम्भावना छ। कामको चाप बढे पनि मेहनतले सफलता दिलाउनेछ। जीवनसाथीसँग सामान्य मनमुटाव हुन सक्छ, तर अग्रजको साथ र आशीर्वाद मिल्नेछ। परीक्षाको तयारी वा अध्ययनमा उत्कृष्ट परिणाम प्राप्त हुने संकेत छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ व्यवसाय वा लगानीप्रति आकर्षण बढ्नेछ। परिस्थिति पूर्ण रूपमा अनुकूल नदेखिए पनि बुद्धिमत्ता र रणनीतिले लक्ष्य हासिल गर्न सकिनेछ। पारिवारिक सुख, प्रेम र सद्भाव कायम रहनेछ। सन्तान वा कनिष्ठ सदस्यबाट खुसीको समाचार प्राप्त हुन सक्छ। आजको मेहनतले भविष्यमा विशेष अवसर दिलाउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समस्या मात्र होइन, समाधान खोज्ने सोचले सफलता दिलाउनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। भाग्यले अपेक्षाभन्दा बढी उपलब्धि दिन सक्छ। विदेशसँग सम्बन्धित काममा राम्रो अवसर प्राप्त हुनेछ। छोटो यात्राले सम्बन्ध थप प्रगाढ बनाउनेछ र आफ्ना भावना खुलेर व्यक्त गर्ने अवसर मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रेम सम्बन्धमा एकअर्कालाई सम्मान र विश्वास गर्नु आवश्यक छ। वाणीमा कठोरता आउन सक्ने भएकाले सोचेर मात्र बोल्नुहोस्। तरल पदार्थ, खाद्यान्न, फलफूल, तरकारी तथा सौन्दर्य सामग्रीको व्यवसाय गर्नेहरूका लागि आज लाभदायी दिन रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घरायसी सुविधा बढाउने सामग्री खरिदमा खर्च बढ्नेछ। अभिव्यक्ति क्षमता र अध्ययनप्रतिको रुचि बढ्ने भएकाले व्यक्तित्व विकासमा सहयोग पुग्नेछ। प्रतिस्पर्धामा अगाडि बढ्ने अवसर मिल्नेछ। आम्दानी बढ्ने, रोकिएको रकम प्राप्त हुने तथा सेयर वा स्थायी सम्पत्तिमा लगानी गर्ने अनुकूल समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आत्मविश्वास र उत्साह बढ्नेछ। घरायसी काम समयमै सम्पन्न हुनेछन्। जीवनसाथीसँग घुमफिर वा रमाइलो समय बिताउने अवसर मिल्नेछ। अरूको चिन्ता गर्नु भन्दा आफ्ना कमजोरी सुधारतर्फ ध्यान दिनु लाभदायी हुनेछ। व्यवस्थापन क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। दीर्घकालीन योजनामा काम सुरु गर्न उपयुक्त दिन छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साथीभाइसँगको भेटघाटका कारण जीवनसाथीलाई पर्याप्त समय दिन कठिन हुन सक्छ। व्यक्तिगत महत्त्वपूर्ण काम सफलतापूर्वक सम्पन्न हुनेछ। बुद्धि, विवेक र आत्मविश्वासको प्रयोगले जटिल काम पनि सहज बन्नेछ। सन्तान वा भाइबहिनीका लागि खर्च बढ्न सक्छ। व्यवसायमा मन्दी भए पनि निरन्तर प्रयास गरे आम्दानीमा सुधार आउनेछ र नयाँ अवसर प्राप्त हुनेछन्।

प्रकाशित समय : ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु