global ime bank Long Banner Ad

गृहपृष्ठ आजको मौसमः तराईदेखि पहाडसम्म मध्यम वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजको मौसमः तराईदेखि पहाडसम्म मध्यम वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजको मौसमः तराईदेखि पहाडसम्म मध्यम वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि तथा पूर्व क्षेत्रमा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी र मधेश प्रदेशमा आंशिक बदली छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, साथै मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विभागका अनुसार कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र, तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, साथै मधेश प्रदेश र कोशी तथा बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र, साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागको चेतावनी छ। त्यसैले विभागले सबैलाई पछिल्लो मौसम सूचना नियमित रूपमा हेर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित समय : ०६:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु