काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शतप्रतिशत बजेट कार्यान्वयन गर्न मुख्यमन्त्रीको निर्देशन

11.38K
shares

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शतप्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्यका साथ काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री शाहीले बुधबार चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयनसँग सम्बन्धित धेरै समस्या समाधान भएको बताउँदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने बताए । ‘कुनै बहानाबाजी नगर्नुहोस् । संगठन संरचनाको टुंगो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय, सेवा करारमार्फत कर्मचारी अभावको समस्या सामाधान भएको र हरेक जिल्लामा प्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भएका छन् । बजेट कार्यान्वयन सही तरिकाले हुनुपर्छ,’ उनले भने ।

कार्यालयमा बसेर फाइलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली समेत सच्याउनु पर्ने उनले बताए । कार्यालय प्रमुख समेत कार्यक्षेत्रमा खटेर परिणाममुखी काम गर्नुपर्छ,’ शाहीले थपे, ‘दोस्रो चौमासिकमा ५० प्रतिशत कार्य प्रगतिसहित समीक्षा गोष्ठीमा आउनुपर्छ ।’

मुख्यमन्त्री शाहीले दोश्रो चौमासिकसम्म बजेट कार्यान्वयनलाई तीव्र बनाउन आग्रह गर्दै विभागीय मन्त्रीको सहमतिविना कोही पनि कार्यालय प्रमुखको विदा स्वीकृत नगर्न सचिवलाई निर्देशन दिएका छन् ।