global ime bank Long Banner Ad

गृहपृष्ठ थप ३७६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

थप ३७६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

थप ३७६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७३१ जनामा पीसीआर परीक्षण गर्दा ३७६ जना र २ हजार १६८ जनामा एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखा परेको छ । आज देशभर पीसीआर र एन्टिजेन गरी कुल ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर मात्रै ८ लाख १२ हजार ५७० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ४०७ जनाले ज्यान गुमाएका छन् । आज देशभर ५१८ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ९१ हजार ७८७ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३३७ जना रहेका छन् । जसमध्ये २११ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित समय : २१:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु