गृहपृष्ठ ‘पिरतीको खुल्ला आकाशमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
‘पिरतीको खुल्ला आकाशमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
'पिरतीको खुल्ला आकाशमा' बोलको मेलोडियस भर्सनको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर गायिका निशा निशा कँडेलको रहेको छ । गीतमा रमेश दहालको शब्द रहेको छ भने टिका दाहालले गीतलाई संगीतवद्द गरेका हुन्।
गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयं गायिका निशा कँडेल फिचर्ड छिन्। फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेलमार्फत सार्वजनिक गरिएको हो।
प्रकाशित समय : २१:२९ बजे



















