global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा 'महालक्ष्मी लिडर्स समिट-२०७८' सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देशभरीबाट व्यवसायिक लक्ष्य पुरा गरेका बिमा अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जीवन बिमा व्यवसायमा परम्परागत बिमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बिमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बिमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बिमालाई व्यवसायिक रुपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो ।

निम्न वर्गमा बिमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बिमासम्बन्धी जनचेतना वृद्धिको लागि 'युवासंग-महालक्ष्मी लाइफ' कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ-गाउँसम्म पुर्‍याउने निर्णयसमेत गरेको छ ।

प्रकाशित समय : २१:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु