global ime bank Long Banner Ad

गृहपृष्ठ बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायांकन सकियो

बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायांकन सकियो

बलिउड चलचित्र ‘उचाइ’को नेपाल छायांकन सकियो

बलिउड चलचित्र ‘उचाई’को नेपालको छायांकन सकिएको छ । नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएको छ । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो ।

खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायांकन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राज श्री प्रोडक्सनले जनाएको छ । उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायांकन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौँमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायांकन गरिएको थियो ।

चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायांकन गरिएको थियो । चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।

प्रकाशित समय : २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु