यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, छ को मृत्यु, कैयौँ घाइते
वि.सं.२०७८ कात्तिक १४ आइतवार २०:१५
shares

यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् । सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् ।
घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् । उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब सहरमा लगातार बमबारी भएको छ त्यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।
मारिब सहर यमनका विद्रोहीहरुको कब्जामा रहेको सहर हो । त्यहाँका अधिकारीहरुले उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको छ । तेलको धनी मानिने यो सहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयमा त्यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो सहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।

























