काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आई पे रेमिटद्वारा ‘आई पे आयो, दक्षिणा पायो’ योजना सार्वजनिक

20.48K
shares

नेपालीहरुको महान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत र छठलाई लक्षित गरी आई पे रेमिट प्रालिले 'आई पे आयो, दक्षिणा पायो' विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट सुरु भई कार्तिक २५ गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

यस योजनाअन्तर्गत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणास्वरुप २ हजार, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रलाई दक्षिणास्वरुप ५००० र बम्परमा १ जना भाग्यशाली विजेताले दक्षिणास्वरुप १ लाख प्राप्त गर्ने कम्पनीले जनाइएको छ । यस विशेष योजनामा मलेशिया, जापानलगएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिटर्माफत धेरै भन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई कम्पनीले अनुरोध गरेको छ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२ हजार भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तिय संस्थामा रियल टाइम अकाउन्ट डिपोजिट र २३ भन्दा बढी  ईवालेटमा  रियल टाइम टप अप गर्न सकिने आई पे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए ।