भीभोको ‘भीभो लक्की ड्र’ अभियान : आकर्षक उपहार जित्ने अवसर
वि.सं.२०७८ असोज १५ शुक्रवार १८:५४
shares

भीभो कम्पनीले दसैंको उपलक्ष्यमा भीभो लक्की ड्र अभियान आयोजना गरी प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको छ । अक्टोबर १ तारिख देखि नोभेम्बर १५ सम्म भीभो स्मार्ट फोन खरीद गर्ने ग्राहकले यो अभियानमा सहभागिता गर्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
भीभो स्मार्ट फोन कुनै पनि भीभोको विशेष स्टोर वा आधिकारिक खुद्रा विक्रेता पसलबाट खरीद गर्न सकिने पनि कम्पनीले जनाइएको छ । दसैं भीभो लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकले उपयोगी एवं आकर्षक उपभोग्य सामग्री जस्तै एलजीका होम अप्लाएन्सेन्, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एंकर गेमिङ हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स् र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्ने छन् ।
निर्धारित योजना अवधिभर भीभोका उत्पादन खरिद गर्ने ग्राहकले यसमा सहभागिता गर्न सक्नेछन् । यसका लागि भीभोको वेभसाइटमा लग इन गरी वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यानिङ गरी आफूलाई सहभागी गराउनुपर्नेछ । विजयीहरुको घोषणा लक्की ड्रमार्फत तुरुन्तै गरिने छ र उनीहरुको उपहार भीभोमार्फत जानकारी गराइनेछ । पुर्ण जानकारी भीभोको वेभसाइटमा प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

























