होण्डा कारमा फेस्टिभ बोनानजा, हरेक १५ दिनमा साँढे तीनलाख जित्ने मौका
वि.सं.२०७८ असोज १३ बुधवार २१:२६
shares
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं, तिहार र छठलाई लक्षित गर्दै 'होण्डाको फेस्टिभ बोनानजा' ग्राहकमाझ ल्याएको छ । यस खुसीको उत्सवमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाइएको छ ।
साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले दाबी गरेको छ । यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाइएको छ ।
























