सुनको मूल्य पुन: घट्यो
वि.सं.२०७८ असोज १३ बुधवार १७:०३
shares

मंगलबार तोलामा ३ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार १ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार ८९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ८८ हजार ९ सय रूपैयाँमा कारोबा भइरहेको हो ।
आज तेजावी सुनको मूल्य तोलामा ८८ हजार ४५० रूपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार बुधबार चाँदी मंगलबारकै मूल्य तोलामा १ हजार १५५ रूपैयाँमा कारोबार भइरहेको हो ।

























