बेलायतको कोभेन्ट्री युनिभर्सिटीले सफ्ट्वेरिकामा आइटी पढ्ने विद्यार्थीलाई छात्रावृत्ति दिने
वि.सं.२०७८ असोज ११ सोमवार १८:४६
shares

एघार वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एण्ड इ-कमर्समा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई युनिभर्सिटीले सतप्रतिशत छात्रावृत्ति दिने भएको छ । सफ्टवेरिका कलेजले बेलायतको विख्यात कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको छ ।
स्नातक तहको पहिलो वर्षको ४ लाख ५० हजार बराबरको छात्रावृत्ति ५ जनालाई प्रदान गरिने कलेज प्रमुख प्रमोद पौडेलल जानकारी दिए । प्लस टुको रिजल्ट, अतिरिक्त क्रियाकलाप, अनुशासन, सामाजिकपन आदिलाई मूल्याकंन गरि विद्यार्थी छनौट गरिने पौडेलले बताए । साथै कलेजले हरेक ब्याचका २ सय विद्यार्थीबाट जना ५१ जनालाई २५ प्रतिशत देखि सतप्रतिशत छात्रावृत्ति दिने बताइएको छ ।
कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्ववसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने श्रेष्ठले बताए।
इनोभेसन हबमा कम्प्युटर, थ्री डि प्रीन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत परियोजनाको आवश्यकता अनुसारको उपकरण सुविधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए। इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरि थप अवसर दिलाइने बताइएको छ । कलेजले औपचारिक अध्यापनबाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरिएको छ ।

























