काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रियलमीद्वारा सी २१ वाई सार्वजनिक

16.25K
shares

स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी २१ वाई सार्वजनिक गरेको छ । उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्टफोन ल्याएको हो ।

यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा रहेका छन् । यसैगरी एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध छ । रियलमी सी २१ वाई युवा पुस्तालाई मध्यनजर गरी निर्माण गरिएको प्रगतिशील स्मार्टफोन रहेको कम्पनीको दाबी छ ।

टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफिकेट

टीयूभी राइनल्याण्डले सबै तर्फको व्यसाय, सुरक्षा र गुणस्तर राख्ने विश्वास राख्दछ । सन् २००६ मा टीयूभी राईनल्याण्ड दीगोपनको प्रवर्द्धन र भ्रष्टाचारविरुद्धको लडाईका लागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्य बनेको थियो । टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफिकेटले विद्युतीय सामग्रीका ग्राहकलाई उच्च गुणस्तरीय सामान प्रदान गर्नुका साथै विश्वका मुख्य बजारमा उद्योगको मापदण्ड पूरा गर्ने प्रवन्ध गर्छ ।

रातमा उत्कृष्ट तस्विरका लागि सुपर नाइटस्केप मोडसहितको एआई त्रिपल क्यामेरा

रियलमी सी २१ वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ जसले चार गुणासम्म जुम गर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्छ । फोटो दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट खिच्न यस क्यामेराले सक्दछ । पिक्सल स्तर नक्सा अंकित अल्गोरिथमद्धारा क्रोम बढाउन पनि यसले मद्दत गर्छ । ब्राइटनेस र कलरले फराकिलो दायरामा उत्कृष्ट स्क्रिन कन्ट्रास्ट र भिभिड कलर्सको सुविधा दिएका छन् । सेल्फी क्यामेराले ट्रेन्डसेटिङ्ग फोटोग्राफीका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट मोड र फिल्टर डिजाइन समर्थन गर्दछ ।

६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन, भिडियोमा धेरै सन्तुष्टी र गेमिङ अनुभूति

रियलमीमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन रहेको छ जुन स्क्रीनदेखि बडीसम्मको अनुपात ८९.५ प्रतिशत बढी हुनुका साथै स्लेन्डर अनुपात २०ः९ रहेको छ । जसकारण यो सामाजिक सञ्जाल चलाउन तथा स्क्रोल गर्न पनि धेरै सहज र उत्कृष्ट रहेको कम्पनीले उल्लेख गरेको छ ।

शक्तिशाली गेमिङ सफ्टवेयरका लागि अक्टा–कोर १२ एनएम प्रोसेस

इन्टेरियरमा युनीसोक टी ६१० प्रोसेसरका साथ रियलमी सी २१ वाई यो सेग्मेन्टकै बलियो स्मार्टफोनका रुपमा आएको छ । युनिसोक टी ६१० एक अक्टाकोर १२ एनएम प्रोसेसर हो । जुन १.८ गीगाहर्जसम्म छ । सीपीयु १(८ गेजाहर्जमा ए७५ एस र १.८ गीगाहर्जमा ६ पावर सेभिङ ए ५५ कोर गरी दुई उत्कृष्ट प्रदर्शनीलाई सम्बोधन गर्छ । जीपीयु शक्ति प्रभावकारी माली जी ५२ मा उपलब्ध छ । जुन ६१४.४ मेगाहर्जसम्म पुग्न सक्छ ।

अल्ट्राफास्ट फिंगगरप्रिन्ट अनलक, जसले ग्राहकको फोनको सुरक्षा गर्छ

रियलमी सी २१ वाई अल्ट्राफास्ट फिंगरप्रिन्ट अनलक समर्थन गर्दछ । जुन सेकेन्डमै अनलक हुनसक्छ भने फेस रिकग्नेसन अनलक पनि यसले समर्थन गर्दछ । जसकारण एकैपटक छुने बित्तिकै सुरक्षित माध्यमद्धारा अनलक हुन्छ । फिंगरप्रिन्ट र फेस रिकग्नाइज सुविधा भएकाले जोकोहीले फोन अनलक गर्न सक्दैन र ग्राहकको फोनमा भएका डेटा सुरक्षित रहन्छन् । यसैगरी रियलमी सी २१ वाईमा ३ कार्ड स्लट छन् । जसमा डबल सीम राख्न सक्नुका साथै र एउटा २५६ जीबीसम्मको एसडी कार्ड राखेर मेमोरी दायरा बढाउन सकिन्छ। यो नीलो र कालो गरी दुई कलरमा उपलब्ध छ। यो पकडका लागि सहज छ, स्क्राच र धब्बाको प्रतिरोध गर्दछ । 

निष्कर्ष
रियलमी सी २१ वाई ब्याट्री रिजर्भ चार्जिङसहितको ५ हजार एमएएच् ब्याट्री र सुपर पावर सेभिङ मोडमा उपलब्ध छ । यसले ट्रेन्डसेटिङ्ग त्रिपल क्यामेरा र ५ एमपी सेल्फी क्यामेरा अपग्रेड गरेको छ । यसमा युनिसोक टी ६१० १२ एनएम प्रोसेसर, ६.५ इन्च एचडी प्लस मिनी फुलस्क्रिन, फिंगरप्रिन्ट सेन्सर र १ एसडी कार्डसहितको ३ स्लट लगायतका सुविधा छन् । कालो र नीलो दुई कलरमा एक ज्यामेतिय कला डिजाइनमा यसको डिजाइन गरिएको छ ।