सभामुखले गुरिल्लापनको व्यवहारिक प्रमाण देखाए : विशाल भट्टराई
वि.सं.२०७८ भदौ २५ शुक्रवार २३:३६
shares

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले संसदीय मूल्य मान्यताको उल्लंघन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुको विरोधका बीच सभामुखले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए ।
संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘संसदीय परिपाटीको घोर उल्लंघन र सामान्यतया संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षी दल उठे मात्रै पनि संसद चल्दैन । हामीले पनि पहिला त्यही चलन बसाएको हो । हामीले विरोध गर्दा गर्दै पनि सभामुखले यसरी सदन चलाउनु उनको गुरिल्लापनको व्यवहारिक प्रमाण हो ।’

























