काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

८५४९ पीसीआर परीक्षणमा ९६१ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु 

15.18K
shares

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५४९ जनामा पीसीआर परीक्षण गर्दा ९६१ जना र २ हजार ३६७ एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना पुष्टि भएको छ । देशभर पीसीआर र एन्टिजेन परीक्षण गरी १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षण मात्रै ७ लाख ७५ हजार ५४८ जना पुगेको छ । शुक्रबार कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । शुक्रबार १ हजार ६६० जना कोरोनाबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म ७ लाख ३६ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ जना रहेका छन् । जसमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १४५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।