global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं उपत्यकामा भारी वर्षा, विभिन्न क्षेत्र डुबानमा

काठमाडौं उपत्यकामा भारी वर्षा, विभिन्न क्षेत्र डुबानमा

काठमाडौं उपत्यकामा भारी वर्षा, विभिन्न क्षेत्र डुबानमा

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । ​गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण उपत्यका विभिन्न ठाउँ डुबानमा परेका छन् । सडकहरू जलमग्न भएका छन् । अविरल वर्षाका कारण ठाउँ-ठाउँमा जमेका पानीले दुई पांग्रे सवारी तथा साना गाडीहरुलाई आवत-जावतमा समस्या भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सिनामंगल, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र पनि डुबानमा परेका छन् । काठमाडौंमा बाढीका कारण चार सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

यसैबीच देशभर आगामी तीन दिनको मौसम अझै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु