global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका- ६, काठमाडाैंको कीर्तिपुर नगरपालिका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका- २ थानसिंह, चितवनको रत्ननगर नगरपालिका ५, जुवाली, चितवनकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहाको सुखिपुर नगरपालीका २ छजनाचोकमा गरी ७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उदेश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटान्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखालगायत १७२ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३९ स्थानबाट १० लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । यसका साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु सञ्चालनमा रहेको छन् ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु