global ime bank Long Banner Ad

गृहपृष्ठ खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ

खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ

खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ

बिर्तामोड । झापाको मेचीनगरबाट खैरो हिरोइनसहित बिर्तामोडका एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले आज दिउँसो मेचीनगर(६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोड नगरपालिका(७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका राजवंशीलाई शङ्काका आधारमा जाँच गर्दा प्लास्टिकबाहेक पाँच ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो । बरामद लागुऔषधसहित निजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको पूर्वी नाका क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु