गृहपृष्ठ पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तलिबानको दाबी
पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तलिबानको दाबी
तलिबानले अफगानिस्तानको पन्जशिर उपत्यकाका चार जिल्ला कब्जामा ल्याएकाे दाबी गरेका छन् । केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरिएकाे हो ।
तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् । दुवै पक्षले आ-आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ । पन्जशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् ।
भिडन्तका क्रममा पन्जशिरमा कैयौँको मृत्यु पनि भएको र कैयौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । तर पूरा विवरण भने आउन बाँकी छ ।
प्रकाशित समय : १४:०४ बजे


















