global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकासँगको संयुक्त कारबाहीमा आपराधिक गिरोहका नेताको हत्या भएको भेनेजुएलाको पुष्टि

अमेरिकासँगको संयुक्त कारबाहीमा आपराधिक गिरोहका नेताको हत्या भएको भेनेजुएलाको पुष्टि

अमेरिकासँगको संयुक्त कारबाहीमा आपराधिक गिरोहका नेताको हत्या भएको भेनेजुएलाको पुष्टि

भेनेजुएला सरकारले शुक्रबार दक्षिणपूर्वी भेनेजुएलामा भएको सुरक्षा कारबाहीमा “निनो ग्युरेरो“ भनेर चिनिने आपराधिक गिरोहका नेता हेक्टर रुस्टनफोर्ड ग्युरेरो फ्लोरेस मारिएको बताएको छ ।

सुरक्षा कारबाहि बोलिभर राज्यमा भएको थियो, जसलाई आपराधिक सञ्जालसँग सम्बन्धित अवैध गतिविधिहरूका लागि कोरिडोरको रूपमा वर्णन गरिएको छ । अपे्रसनले यस क्षेत्रमा सञ्चालन हुने संगठित अपराध समूहहरूलाई लक्षित गरी अधिकारीहरूसँग संयुक्त कार्वाहि गरेको गरिरहेको बताएको छ ।

सञ्चार तथा सूचना मन्त्रालयको विज्ञप्ति अनुसार अपरेसनको क्रममा सुरक्षा बल र समूहका सदस्यहरूबीच झडप भएको थियो, जसमा ट्रेन डे अरागुआ आपराधिक गिरोहका नेता ग्युरेरो फ्लोरेस मारिएका थिए ।

अपरेसनले संगठित अपराध समूहहरूलाई ध्वस्त पारेको बताउदै अधिकारीहरूले दुई देशबीच विशेष प्रविधि र द्विपक्षीय साझेदारी र समन्वय संयन्त्रहरूद्वारा कार्वा गरेको जनाइएको छ ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु