global ime bank Long Banner Ad

गृहपृष्ठ हेलम्बु राजमार्ग अवरुद्ध

हेलम्बु राजमार्ग अवरुद्ध

हेलम्बु राजमार्ग अवरुद्ध

अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।

सिन्धुखोलामा विद्युतको पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए। वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक  सञ्चालनमा ल्याउन सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
मालपोतमा आलोपालो हट्यो ।

मालपोत कार्यालय सिन्धुपाल्चोकले आलोपालो प्रणाली हटाएको छ । कोरोना महामारीको कारण भीडभाड कम गर्न कार्यालयले सो प्रणाली कार्यान्वयनमा ल्याएको थियो । प्रमुख मालपोत अधिकृत चण्डीप्रसाल कोइरालाद्वारा आइतबार जारी विज्ञप्तिमा आलोपालो प्रणाली हटाएको जनाइएको छ । 

प्रकाशित समय : १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु