काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से घटे पनि साढे २० अर्बको कारोबार, तीन कम्पनीको सेयरमा नकारात्मक सर्किट

17.12K
shares

साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १८.२४ अंकले घटेर तीन हजार १८०.७८ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ अंकले घटेर ५९०.१५ अंकमा झरेको छ ।

आज २२९ कम्पनीको तीन करोड कित्ताभन्दा बढीको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार तीन करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँको खरिद बिक्री भएको छ ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज पाँच कम्पनी उकालोमा लागेका छन् भने बाँकीको सेयरमा रताम्य देखिएको छ । आज व्यापार १८.७१, निर्जीवन बिमा ४५७.४७, अन्य ३४.२२, लघुवित्त ५०.६३ र जीवन बिमा ४६८.५७ अंकले उकालो लागेको छ । त्यस्तै बैंकिङ १९.५५, होटल तथा पर्यटन ३०.०७, विकास बैंक १६२.४५, जलविद्युत १२३.३१, वित्त ७३.३१, उत्पादनमुलक १९.२८, सामुहिक लगानी कोष १६.८१ र लगानी समूह ११८.३६ अंकले माइनसमा झरेको हो ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको प्रतिकित्ता सेयर तीन हजार ९०६.१० रुपैयाँ पुगेको छ । त्यस्तै आज सबैभन्दा बढी तीन कम्पनीले गुमाएका छन् । खानीखोला हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर कारोबार १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।