काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिशहोम फाइबरनेटको सेवा बनेपामा विस्तार

10.79K
shares

डिशहोम फाइबरनेटको सेवा बनेपामा विस्तार भएको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल बनेपा पुगेको हो ।

यसअघि काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र विराटनगरमा डिशहोम फाइबरनेटको सेवा पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार छिट्टै नेपालका प्रमुख सहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्जलगायत अन्य स्थानमा पनि डिशहोम फाइबरनेट पुग्दै छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधा उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० Mbps १०० Mbps सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४०००मा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेट देशबासीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न  कम्पनी प्रतिबद्ध रहेको छ ।