सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला
वि.सं.२०७८ साउन २० बुधवार १८:०६
shares

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला भएको छ । इन्स्योरेन्सले सर्वसाधरणका लागि आज बुधबार (साउन २० गते) देखि प्राथमिक सेयर (आइपीओ) निष्काशनमा ल्याएको हो ।
कम्पनीले कुल जारी पुँजी दुई अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनमा ल्याएको हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात तीन लाख कित्ता नै सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्टाएको छ । आइपीओ जारी अवधी साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले आइपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब करोड रुपैयाँ पुग्नेछ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी-आइआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ भने धितोपत्र प्रत्याभूत गर्ने संस्थामा सिद्धार्थ क्यापिटल रहेको छ ।























