काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रोयल इन्फिल्डको नयाँ मोडल ‘मिटिवोर ३५० सीसी’ सार्वजनिक

24.15K
shares

रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरिएको छ । रोयल इन्फिल्डको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले मिटिवोर ३५० सीसी सार्वजनिक गरेको हो ।

मिटिवोर ३५० सीसीअन्तर्गत फाइर बल, स्टेलर र सुपरनोभा गरी तीन वटा भेरिएन्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभाको दुई रंगहरुमा उपलब्ध हुनेछ ।.

नयाँ सार्वजनिक गरेको 'मिटिवोर ३५० सीसी' एउटा क्रुजर सिरिजको मोटरसाइकल हो । जसमा जे सिरिजको एउर वइल कुल्ड, एसवोएचची इन्जिन रहेको छ । इन्धनको कार्य कुशलताको लागि इलेक्ट्रोनिक फियुल इन्जेक्सन भएको मोटरसाइकलमा थप सुरक्षाको लागि डुयल च्यानल एबीएस पनि राखिएको छ ।

कम्पनीको अनुसार मिटिवोर ३५० सीसीअन्तर्गत फाइर बलको मूल्य ६ लाख रूपैयाँ, स्टेलरको मूल्य ६ लाख १७ हजार रूपैयाँ र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार रूपैयाँ तोकिएको छ ।