काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांसद पद जोगाउन पूर्वमाओवादी नेताहरू सर्वोच्चमा (रिटसहित)

24.55K
shares

नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । बुधबार सर्वोच्च अदालत पुगेर मुद्दाको टुंगो नलागेसम्म प्रतिनिधि सभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै उनीहरूले रिट दर्ता गराएका हुन् ।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्वमाओवादी नेताहरूको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको जानकारी गराएका थिए । त्यस लगत्तै उनीहरूको सांसद पद रिक्त भएको थियो ।

पूर्व नेताहरूले माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, अध्यक्ष पुष्पकमल दाहाल, निर्वाचन आयोग, संसद् सचिवालय, प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको माग गरेका हुन् ।

रायमाझीद्वारा दायर गरिएको रिट :