काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंकको अटो लोन : सर्वाधिक सस्तो, २४ घण्टाभित्रै स्वीकृत

18.82K
shares

एनएमबी बैंक लिमिटेडले प्रतिवर्ष ८.४९ प्रतिशत ब्याजदरमा २४ घण्टाभित्र अटो लोन प्रवाह गर्ने सुनिश्चित गरेको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

विद्युतीय गाडीको हकमा भने एनएमबी बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । समान ब्याजदरले ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न झन् सघाउ पुर्‍याउने बैंकले विश्वास लिएको छ । ‘बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि call@nmb.com.np मा इमेल वा ०१-५९७१५० मा फोन गर्न सकिनेछ,’ बैंकले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

एनएमबी बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेकाे छ ।