काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप २२०२ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

16.11K
shares

पछिल्लो २४ घण्टामा ८ हजार ८३६ पीसीआर परीक्षणमा २ हजार २०२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै ४ हजार २९९ एन्टिजेन परीक्षणमा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालायका अनुसार मंगलबार देशभर पीसीआर र एन्टिजेन गरी ३ हजार १०८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ । यस्तै  मंगलबार कोरोनाबाट २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६०७ पुगेको छ । आज १ हजार ५९५ जना निको भएसंगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।