काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थामियो नेप्से, बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब

17.47K
shares

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.०१ अंकले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अंकले ओरालो लागेर ५५८.११ मा ओर्लेको छ ।

कुल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता सेयर सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रूपैयाँमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको छ ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको सेयर भने ओरालो लागेको छ । व्यापार १२६.३८, होटल तथा पर्यटन ६०.२१, जलविद्युत् ३५.८९, उत्पादन १४.३६ र सामूहिक लगानी कोष १.०२ अंकले उकालो लागेको छ । यस्तै, बैंकिङ ०.७४, विकास बैंक ३८.२२, वित्त ३२.२२, निर्जीवन बिमा १८८.१६, अन्य २६.४२, लघुवित्त २७.११, जीवन बिमा १२६.९५ र लगानी १.११ अंकले ओरालो लागेको छ ।

कारोबार आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर २६ करोड ९८ लाख ४१ हजार २३९, नेपाल इन्स्योरेन्स २४ करोड १८ लाख २७ हजार ५१, एनआइसी एशिया बैंक २३ करोड ४९ लाख ६९ हजार ९१३ र कृषि विकास बैंक २२ करोड ७४ लाख ८५ हजार ९५७ बराबरको कारोबार भई शीर्ष स्थानमा पुगे ।

कारोबारका आधारमा लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फण्ड १०.०१, बरुण हाइड्रोपावर ९.३९, माउण्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्न्त स्किम-एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाए । आइसीएफसी फाइनान्सको ऋणपत्र ६.१७, नेपाल इन्स्योरेन्स ४.७८, समिट लघुवित्त वित्तीय संस्था २.९१, एचआइडीसीएल २.८६ र पोखरा फाइनान्सका लगानीकर्ताले २.८१ प्रतिशतले गुमाए ।