कक्षा १२ को परीक्षा साउन ३१ देखि
वि.सं.२०७८ साउन ६ बुधवार ००:३९
shares

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने मंगलबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले त्यस्ताे निर्णय गरेको हो ।
परीक्षा उपनियन्त्रक सुवास पन्तका अनुसार विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात् होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिनेछ ।
गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यसपटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

























