काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुम्लामा चिसो बढ्यो, जनजीवन प्रभावित

588
shares

हुम्ला । उच्च हिमाली हुम्लाको उत्तरी नाम्खा गाउँपालिका सहित जिल्लाको उच्च भागमा रहेका वस्तिको जनजीवन चिसोले प्रभावित भएको छ । यहाँका उच्च क्षेत्रमा हिमपात भएपछि तापक्रम माइनसमा झरेपछि चिसो अत्यधिक बढ्दै गएको हो । शुक्रबार दिउँसोदेखि हुम्लाको माथिल्लो भागमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षाा भइरहेको छ ।

हिमपातले उत्तरी नाम्खा गाउँपालिका—६ को लिमिसहित हिल्सा, न्यालु, यारी, चाला लगायतका गाउँको जनजीवन थप प्रभावित भएको स्थानीयले बताएका छन् । यश क्षेत्रमा बाक्लो हिउँ जमेको हिल्साबाट लामु लामाले जानकारी दिइन् ।

यतिबेला चीनसँगको हिल्सा नाकामा बाक्लो हिउँ जमेको छ । हिउँले एक ठाउँबाट अर्को ठाउँसम्म जान समस्या बनाएको लामाले बताइन् । हिमपातले यहाँका सडकमा हिउँ जमेर सडक समेत अवरुद्ध हुन पुगेको बताइएको छ ।

यस्तै चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छ्न । सिमकोटमा चिसो बढेसँगै बालबालिका, वृद्ववृद्वालाई थप समस्या बनाएको यहाँका स्थानीय कमल भण्डारीले बताए ।

सिमकोटका अग्ला पञ्चमुखि, चाङ्ला, सेलुमुकाम लगायतका हिमालपनि हिउँ परेको छ । होचो स्थानमा शनिबार बिहान वर्षा भइरहेको छ, उच्च स्थानमा हिमपात भइरहेको छ ।

वर्षासँगै हिमपातको समयमा जिल्ला प्रशासन कार्यालय हुम्लाले जथाभावी आवतजावत नगर्न अनुरोध गरेको । जिल्लामा वर्षा र हिमपात भइरहेको भएपनि हालसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।