गृहपृष्ठ सवारी लाइसेन्ससम्बन्धी सेवा सुचारू हुने
सवारी लाइसेन्ससम्बन्धी सेवा सुचारू हुने
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र बागमती प्रदेशले असार १० गते (बिहीबार)बाट सवारी लाइसेन्ससम्बन्धी सेवा सुचारु गर्ने भएको छ । कार्यालयले मंगलबार सूचना जारी गरी पुन: सेवा सुचारु गर्ने जनाएको छ ।
सेवाका लागि कोटा संख्या पनि तोकिएको छ । सवारी चालक अनुमति पत्र नवीकरणमा दैनिक एक सयले गर्न पाउनेछन् । ट्रायल पास राजश्व संकलनमा एक सय कोटा संख्या तोकिएको छ । त्यस्तै सवारी चालक अनुमतिपत्र वितरणमा दुई सय जनाको कोटा तोकिएको छ ।
सूचना :

प्रकाशित समय : २१:०० बजे

















