global ime bank Long Banner Ad

गृहपृष्ठ सर्वाेच्चले भन्याे- ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्नू

सर्वाेच्चले भन्याे- ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्नू

सर्वाेच्चले भन्याे- ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्नू

सर्वाेच्च अदालतले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई दोस्रो डोज खोप तत्काल लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै ज्येष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा न्यायाधीश ईश्वर खतिवडाको इजलासले मंगलबार साे आदेश जारी गरेको हो ।

सर्वोच्चमा सोमबार काभ्रेका ७५ वर्षीय अर्जुनराज गिरी र सुर्खेतका ६५ वर्षीय पूर्णप्रसाद पौडेलले रिट दायर गरेका थिए । उनीहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको तर दोस्रो डोज लगाउन नपाएपछि सर्वोच्चलाई गुहारेका थिए । २०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना बितिसक्दासमेत दोस्रो डोज नपाएपछि सर्वोच्चमा रिट हालेका हुन् । आफूहरु जस्ता करिब १३ लाखभन्दा बढी ज्येष्ठ नागरिकले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको तर दोस्रो डोज नपाएको रिटमा उल्लेख छ ।

सुर्खेतमा स्वास्थ चौकीमा बोलाएर वृद्धलाई खोप नदिई बिनासूचना अन्यत्र नै पठाइएको र केही सुरक्षाकर्मीलाई खाेप दिइएको निवेदककाे दाबी छ ।

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु