global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुरमा दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार

ललितपुरमा दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार

ललितपुरमा दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार

ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिडशिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ ।

लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्रांगण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुंगमतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य लिएर आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज जारी गरेको सूचनामा जनाइएको छ ।

मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी महानगरपालिकाले सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गर्ने तथा स्वास्थ्य मापदण्ड पालना गराई खोप कार्यक्रममा सहभागी गराउने सूचनामा जनाइएको छ ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु