काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस् यी तीन टिप्स

2.81K
shares

काठमाडौं । आजकल कोरियाली नाटक र संगीत मात्र होइन, कोरियाली सौन्दर्य दिनचर्या पनि निकै लोकप्रिय बन्दै गएको छ।

कोरियालीहरूको सफा, नरम र चम्किलो छाला देखेर धेरै मानिसहरू उनीहरूको छालाको हेरचाह कसरी गर्छन् भन्ने जान्न इच्छुक हुने गर्छन्। त्यस्तै चम्किलो र स्वस्थ छाला चाहनेका लागि यहाँ केही घरेलु उपाय प्रस्तुत गरिएको छ।

चामलको पानी

चामलको पानीले छालालाई सफा र ताजा राख्न मद्दत गर्छ।
चामल केही समय पानीमा भिजाएर पानी छुट्याउने।
उक्त पानी अनुहार सफा गरेपछि टोनरको रूपमा प्रयोग गर्न सकिन्छ।
यो सरल र सस्तो घरेलु उपाय हो।

स्वस्थ स्मूदी सेवन

छालाको चमक बाहिरी हेरचाहसँगै आहारमा पनि निर्भर हुन्छ।
अनार, एभोकाडो, चिया र अलसीको बीउ मिसाएर स्मूदी बनाउन सकिन्छ।
नियमित सेवनले छालालाई भित्रबाट पोषण दिई प्राकृतिक चमक कायम राख्न मद्दत गर्छ।

एलोभेरा र समुद्री शैवाल फेस मास्क

एलोभेरा छालाको लागि लाभदायक मानिन्छ भने समुद्री शैवालमा आवश्यक पोषक तत्वहरू पाइन्छ।
यी दुई मिसाएर बनाइएको मास्कले छालालाई हाइड्रेटेड र ताजा राख्न मद्दत गर्छ।
हप्तामा एकदेखि दुई पटक प्रयोग गर्न सकिन्छ।