काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चिया उद्योग र बगान आजदेखि अनिश्चितकालका लागि बन्द

1.33K
shares

काठमाडौं । आजदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द हुने भएका छन् ।

नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले आजदेखि उद्योग र बगान बन्द गर्ने निर्णय गरेका हुन् ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि उद्योग बन्द गर्नुपरेको उद्योगीहरूको भनाइ छ ।

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको छ । त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले जानकारी दिए ।