global ime bank Long Banner Ad

गृहपृष्ठ सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् ।

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयबाहेक किसानको मागअनुसार बाह्रै महिना नहरमा नियमित पानी उपलब्ध गराउँदै आएको छ ।

सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानको आवश्यकतालाई प्राथमिकतामा राख्दै मर्मतको समय बाहेक नहरमा निरन्तर पानी उपलब्ध गराइएको छ ।

उहाँका अनुसार यसले किसानलाई धान, गहुँ मात्र होइन, बेमौसमी तरकारी खेतीमार्फत समेत आर्थिक लाभ लिन सहयोग पुगेको छ ।

आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखेकोमा हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रमा प्रत्यक्ष सिँचाइ सुविधा पुगेको छ ।

सिँचाइ सुविधा पुगेका क्षेत्रका किसानले समयमै धानको बीउ राख्न थालेका छन् । राप्तीसोनारी, कोहलपुर र बैजनाथ क्षेत्रका किसानले वर्षा नहुँदा पनि नियमित सिँचाइका कारण बीउ राख्ने काम अघि बढाएका छन् ।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारुका अनुसार फत्तेपुर क्षेत्रका किसानले समयमै धानको बीउ राखिसकेका छन् ।

सिँचाइ सुविधा पुगेको क्षेत्र र वैकल्पिक उपाय प्रयोग भएका ठाउँमा हालसम्म करिब ४५ प्रतिशत किसानले मात्र धानको बीउ राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिइन् । बाँकेमा कुल ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती हुने गरेको छ ।

प्रकाशित समय : ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु