काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

होटलका लागि ‘सत्कार’ सफ्टवेयर एप्लिकेसन बजारमा

19.7K
shares

कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेला-बेलामा भइरहेको बन्दा- बन्दीले गर्दा ठूलो लगानी भएका होटल, देखी रेष्टुरेन्टसम्म बन्द छन् ।

त्यसको मार लगानीकर्तालाई परेको छ । यस जोखिमबाट र्पयटन क्षेत्रलाई थोरै भएपनि राहत दिनको लागि द पिक हस्पाटिलिटीले टच फ्री सोलुशन र मोबाइल एप्लिकेसनमार्फत कोभिडविरुद्दको लडाईमा सहभागिता जनाउने प्रयास जारी राखेको छ । यो प्रयास नेपाल तथा सबै मुलुकका लागि एउटा ठुलो अवसर हुन्छ भन्ने विश्वास लिएका हस्पाटिलिटीले लिएको छ । कोभिडको संक्रमण विस्तार मुलभूत रुपमा शारीरिक निकटताले हुन्छ । पर्यटक होटलमा जाँदा बुकिङ गर्नेदेखि रुपमा चेकइन गर्ने, फुड एण्ड वेभरेज अर्डर गर्ने लगायतका काम गर्न सात वटा टच प्वाइन्ट विभिन्न टच प्वान्ट हुन्छन् । अल्टिमेट सोलुसन्सले होटलमा बस्न जाँदा कतै छुनु नपर्ने (टच फ्रि) अनुभव हुने गरी यो सत्कार एप्लिकेसन विकास गरेको हो ।

पर्यटकको लागि आगामी दिनमा ‘सुरक्षा नै आराम’ भन्ने मुल मन्त्रलाई सम्बोधन गरी यो एप विकास गरिएको छ । यो सिस्टमलाई बिक्री तथा बजार प्रबर्धनको काम पिक हस्पिटालिटी आफैंले गर्ने जनाएको छ । म्यानुअल टच प्लाइन्टलाई हटाएर डिजिटल तरिकाले काम गर्ने गरी विकास गरिएको एपले होटलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिङ, फुड एण्ड वेभरेज, इन्जिनियरिङ लगायतका सबै डिभिजनलाई एउटै एपमा एकिकृत गर्छ । मोवाइलमै होटल बुकिङदेखि चेक इन गर्न, ढोका खोल्न खाना अडर गर्न, एसी चलाउन, टिभी खोल्न कुनै कुरा अडर गर्न वा स्वीच थिची राख्न पर्दैन । चेक आउट गर्न, फोन वा रिसेप्सनमा लाइन लागेर पर्खिनु पर्दैन । यी सबै काम मोवाइल एप्लिकेसनबाटै होटलको ग्राहक आफैंले गर्न सक्छ । यो एप्लिकेसन चलाउन निकै सजिलो छ । सुरक्षाको सबै उपाय अपनाएकाले सुरक्षित छ । होटललाई म्यानुअलबाट डिजिटल बनाउन मद्दत गर्छ । होटल क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरुको परामर्शमा यो एप्लिकेसन विकास गरिएको हो ।

अहिलेसम्म विभिन्न वेव एप्लिकेसनमार्फत होटलको बुकिङ गरेपछि सबै काम होटलको काउन्टरदेखि ग्राहक कर्मचारीले म्यानुअल्ली काम गर्नु पथ्र्यो । सत्कार एपमार्फत ग्राहकले सेल्फ बुकिङ, सेल्फ अर्डर गर्न सक्छ । ग्राहकले क्युआरमार्फत ढोका खोलेर होटलको कर्मचारीको सहयोगविना आफ्नो रुममा प्रवेश गर्न सक्छ । सत्कार एप नन स्टारदेखि फाइभ स्टार होटलसम्मका लागि उपयोगी हुनेगरी विभिन्न भर्सनमा उपलब्ध छ । यस एपलाई होटलले आफ्नो अनुकूल हुने गरी मोडिफाइ गरेर प्रयोग गर्न सक्छ । यसलाई होटलको आवश्यकता अनुसार बदल्न सकिन्छ । एस एपले पर्यटकको सुरक्षालाई सुनिश्चित गर्छ । होटलहरुको सञ्चालन खर्च घटाउँछ । यसले मानवीय त्रुटीलाई घटाउँछ । सबै कुरा स्वचालित रुपमा हुने भएकाले होटलको जनशक्तिसमेत घट्ने छ । कागजी कामलाई यसले प्रतिस्थापन गर्ने छ । आन्तररिक राजस्वले प्रमाणित गरेको बिलिङ प्रणाली यसमा एकिकृत गरिएको छ ।

होटलको बिल ग्राहक स्वयंले निकाल्न सक्छ । नेपालमा विकास भएको यो एप विश्वब्यापी रुपमा हस्पिटालिटी उद्योगका लागि उपयोगी हुने गरी डिजाइन गरिएको छ । कोभिडको महामारी विश्वव्यापी रुपमा होटल क्षेत्रले व्यहोरेकाले यस एपको माग विदेशमासमेत उत्तिकै हुने एप विकासकर्ता कम्पनीको दावी छ । नेपाली प्रोडक्टका रुपमा विदेशमासमेत यसले बजार लिने अपेक्षा छ । द पिक हस्पाटिलिटीले अन्तर्राष्ट्रिय बजारमासमेत प्रवर्धन र मार्केटिङ गर्ने योजना बनाएको छ । सत्कार एप सार्वजनिक गरिएको अवसरमा यसको प्रवर्धनका लागि सफ्टवेयर एप्लिकेसनभरी छुटमा उपलब्ध गराइने छ ।