काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

18.17K
shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत 'प्रकृति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं 'भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत उक्त सहयोग गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैंया बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरेका थिए । कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए ।

फादर एण्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔं महाअभियानअन्तर्गत सात माहदेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवाद ज्ञापन गर्दे, कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, समरमाथा आरोही सोनाम शेर्पा, संयोजक राज वराईलीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतद्धय देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख, कम्पनी सचिवलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।