काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुमेरु अस्पतालमा अत्याधुनिक उपकरणद्वारा पीसीआर परिक्षणको सुरूवात

22.24K
shares

सुमेरु अस्पतालले अत्याधुनिक उपकरणद्वारा पीसीआर परिक्षणको सुरुवात गरेको छ । अस्पतालले पछिल्लो समय महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालकै अत्याधुनिक उपकरणद्वारा पीसीआर परिक्षण सुरु गरेको सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले जानकारी गराए ।

अस्पतालको डिस्काउन्ट कार्ड होल्डरले पीसीआर परिक्षण गर्दा २० प्रतिशत छुट पाउने र कोरोना भाइरसको शंका लागेका विरामीका लागि घरघरमै गई पीसीआर पसिरक्षणको सेवासमेत उपलब्ध गराउने अध्यक्ष महर्जनले बताए । बुधबार अत्याधुनिक उपकरणद्वारा परिक्षण गरिने पीसीआर ल्यावको उद्घाटन सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले गरेका थिए ।

कार्यक्रममा डा. ऋषि काफ्ले, डा. डीबी कार्की, होमराज दाहाल, दिलिप डंगोल, दिनेश आचार्य, विनोद आचार्यलगायतको उपस्थिति थियो ।