माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुन एमालेको निर्देशन
वि.सं.२०७८ जेठ २० बिहीवार १७:०५
shares

नेकपा एमालेले माधव नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज बिहानै प्रेस वक्तव्य जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन सचेत गराएका हुन् ।
‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानुन विपरीतको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सूचित गर्दछु,’ वक्तव्यमा भनिएको छ । सचिव तामाङले अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको स्मरण गराएका छन् ।
विज्ञप्ति :


























