डिसहोमको नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’
वि.सं.२०७८ जेठ २० बिहीवार १७:११
shares

डिसहोमले आफ्नो नयाँ अभियान 'मेरा मनको दोस्रो देश' सुरु गरेको छ । नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबल प्रेमी दर्शकलाई लक्षित गरेर डिसहोमले उक्त अभियान सुरू गरेको हो ।
गतवर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिसहोम सम्पूर्ण रुपमा तयार रहेको छ । दर्शकले यो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानलएक्सन स्पोर्टस्मा हेर्न सक्नेछन् । सामाजिक सञ्जालमा #MeroMankoDosroDesh ट्रेन्ड गराइ यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकबीच रोमाञ्चकारी बनाउने छ । यसअन्तर्गत फ्यानले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन् ।
हरेक नागरिकको अनन्त प्रेम र समर्थन आफ्नै देशका लागि हुन्छ भने खेलमा भाग नलिएका देशका नागरिकको पनि आफ्नै समर्थनको दोस्रो देश हुन्छ । यस अभियानले प्रशंसकलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिसहोमले समय समयमाकुन देशका सबैभन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्नेछ । जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्रमार्फत बम्पर इनाम पनि जित्नेछ । यस बाहेक, फ्यानहरुले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिइ विभिन्न उपहार जित्न सक्नेछन् ।
अभियानमा भाग लिनको लागि सर्त तथा नियमहरु
१.सहभागीले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।
२.सहभागीले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आफूले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।
३.खेलकोबीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन ।
४. प्रतियोगिताको क्वाटर फाइनलसम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरी #MeroMankoDosroDesh संगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।
५.विजेता राष्ट्र, पहिलो रनर राष्ट्र र दोस्रो रनर राष्ट्र गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।
६.विजेताको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।
डिसहोम नेपालको सबै भन्दा ठूलो एचडी र डिजिटल टेलिभिजन च्यानलको प्रसारण र प्रसारण सेवाको संचालक हो । नेपालको ७७ जिल्लामा सेवा सञ्चालन भएसँगै यो नेपालको सम्पूर्ण बजारमा सक्रिय रहेको छ ।

























