महालक्ष्मी विकास बैंकद्वारा स्वास्थ्य सामग्री वितरण
वि.सं.२०७८ जेठ १९ बुधवार २०:१८
shares

महालक्ष्मी विकास बैक लिमिटेडले कोभिड- १९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले स्वास्थ्य सामग्री वितरण गरेको छ । बैंकले भरतपुर महानगरपलिका- ११, बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दालाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो ।
उक्त स्वास्थ्य सामग्री बैंकको नारायाणगढ शाखाका शाखा प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमकाबीच वडा नं ११ का वडा सदस्य चिन्तामणि लम्साल र गणेशस्थान टोल विकास समितिका अध्यक्ष राजन कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । टोल विकास समितिका अध्यक्ष श्रेष्ठले कोभिडको महामारीलाई नियन्त्रण गर्न बैंकले स्वास्थ्य सामग्री वितरण गरेकोमा धन्यवाद ज्ञापन गरे ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अनुरोध गरेको छ ।
























