काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उज्ज्वल थापाको स्मृति र सम्मानमा वृक्षारोपण गर्न विवेकशील साझाको आह्वान

23.42K
shares

विवेकशील साझा पार्टीले आफ्ना संस्थापक संयोजक उज्ज्वल थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार अपराह्न बसेको पार्टीको आकस्मिक बैठकले थापाको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक थापाको स्मृति तथा सम्मानका लागि १३औं दिनको पुण्य तिथिमा कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पंक्ति र सदस्यहरूलाई आह्वानसमेत गरेको छ ।

बैठकपछि साे पार्टीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, 'बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा "उज्वल थापाको जीवन र विचार" विषयमा छलफल र बहस चलाउने छ ।'

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले थापाले अंगालेको 'सुसंस्कार, अहिंसा र निष्ठाको मार्ग' अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने पनि बताएका छन् । 'नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ । खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहं भूमिका छ,' विवेकशील साझाले भनेकाे छ ।

दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ४:२५ बजे निधन भएको हो ।