काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१७ हजार १४७ पीसीआर परीक्षण गर्दा ५ हजार २८५ जनामा कोरोना संक्रमण, ६८ को मृत्यु

19.17K
shares

नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार १४७ पीसीआर परीक्षण गर्दा ५ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ हजार १८ एन्टिजेन परीक्षणमा ८०० जनामा संक्रमण देखा परेका छन् ।

मंगलबार पीसीआर र एन्टिजेन गरी देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । मन्त्रालयका अनुसार आज कोरोनाबाट ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ७ हजार ४५४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै मंगलबार ६ हजार ८९८ जना संक्रमणमुक्त भएसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ छन् । जसमध्ये ७२५ जना क्वारेन्टिनमा छन् । सोमबार सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको थियो भने ७६३ जना क्वारेन्टाइनमा थिए ।

मंगलबार उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना,ललितपुरमा २८३ जना र भक्तपुरमा २१५ जना कोरोना संक्रमित भेटिएका हुन् ।