काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भेरी अस्पतालमा श्वासप्रश्वाससम्बन्धी विशिष्टीकृत सेवा सुरु

903
shares

ai logo सारांश

  • भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ ।

बाँके । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा निद्रासम्बन्धी विभिन्न जटिल रोगको उपचारका लागि विशिष्टीकृत सेवा सुरु गरेको छ ।

उक्त सेवाबाट फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र निद्रासम्बन्धी समस्या भएका बिरामी लाभान्वित हुने डा रञ्जीत पाण्डेले जानकारी दिए ।

डा पाण्डेका अनुसार विशिष्टीकृत सेवाअन्तर्गत दीर्घकालीन दम, पुरानो खोकी, श्वासप्रश्वास, छातीमा पानी जम्ने, क्षयरोग, फोक्सो बाथ रोग तथा फोक्सो सुक्ने समस्या लगायतका रोगको उपचार तथा परामर्श सेवा उपलब्ध हुनेछ ।

त्यस्तै, सुत्दा घुर्ने, निद्राका क्रममा श्वासप्रश्वास रोकिने, निद्रा लागिरहने तथा पर्याप्त सुते पनि शरीर ताजा महसुस नहुनेजस्ता समस्याको पहिचान र उपचार हुने अस्पतालले जनाएको छ ।

क्षयरोगका बिरामीको उपचार तथा औषधि प्रतिरोधी र औषधिप्रति संवेदनशील क्षयरोगका विषयमा आवश्यक परामर्शसमेत प्रदान गरिने उनको भनाइ छ ।

त्यस्तै, निमोनियालगायतका गम्भीर बिरामीको सघन उपचार, भेन्टिलेटरमा रहेका बिरामीको व्यवस्थापन तथा भेन्टिलेटरबाट बाहिर निकाल्ने सम्बन्धमा आवश्यक उपचार र परामर्शमा समेत विशिष्टीकृत सेवा प्रदान गरिने डा पाण्डेले जानकारी दिए ।

डा पाण्डेले फोक्सोसम्बन्धी रोगको उपचारसँगै अस्पतालको सघन उपचार सेवालाई थप प्रभावकारी बनाइनेसमेत बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले विशेषज्ञ चिकित्सकमार्फत सुरु गरिएको सेवा यस क्षेत्रका बिरामीका लागि महत्वपूर्ण हुने बताए।

उनले फोक्सोसम्बन्धी दीर्घरोग, फोक्सोको क्यान्सर तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी आजैदेखि विशेष क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनका अनुसार अस्पतालले प्रदान गरेको विशिष्टीकृत सेवाबाट फोक्सोसम्बन्धी विभिन्न जटिल तथा दीर्घरोगको उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।