व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार
वि.सं.२०८३ कात्तिक १७ मंगलवार १४:२९
shares

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न तयार रहेको बताएका छन । तर, अरब नेतृत्वका दलको समर्थनमा निर्भर सरकार स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन ।
सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले राम र जोइन्ट लिस्टमा निर्भर सरकार इजरायली जनताले नचाहेको दाबी गरे । आफ्नो लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको उल्लेख गर्दै उनले अर्को सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त भएको बताए ।
वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला इजरायल बेतेनुका नेता अभिग्डोर लिबरम्यानले नेतान्याहु नेतृत्वको गठबन्धनमा सहभागी नहुने बताएका छन । उनले याशर पार्टीका नेता गदी आइसेनकोटलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रपति आइज्याक हर्जोगसमक्ष सिफारिस गर्ने र नेसेट सभामुखमा यायर लापिडलाई समर्थन गर्ने जनाएका छन ।
लिबरम्यानले आइसेनकोटको चुनावी अभियानको आलोचना गर्दै विपक्षी समूहले अपेक्षाभन्दा कम ४८ सिट प्राप्त गरेको बताए । उनले नेतान्याहुसँगको एकता सरकारमा कुनै पनि अवस्थामा सहभागी नहुने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको ‘बी याचड’ समूहले भने आइसेनकोटको सरकार गठन प्रयासलाई समर्थन गरेको छ ।
एक सय २० सदस्यीय नेसेटमा विपक्षी समूहले ६७ र वर्तमान गठबन्धनले ५३ सिट जितेका छन् । तर, अरब नेतृत्वका दलको समर्थनबिना विपक्षीलाई सरकार गठन गर्न कठिन देखिएको छ ।

























